अछाममा बालेनको चुनाबी अभियानमा दुर्घटना, सेनाको हेलिकप्टरबाट उद्धार

शुक्रबार, १६ माघ २०८२
Filephoto

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

'सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं’ बुढाले  भने ।

उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार