काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।
बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।
चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।
गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।
नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् । २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन् ।
प्रतिक्रिया