खगेन्द्र सुनारको अभिव्यक्ति बारे बोल्यो रास्वपा (विज्ञप्तिसहित)

शुक्रबार, १६ माघ २०८२
file pic

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाँके–३ का आफ्ना उम्मेदवार खगेन्द्र सुनारले अतीतमा सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।

शुक्रवार पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सुनारका अभिव्यक्तिले उत्पन्न भ्रम तथा धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

पार्टीका अनुसार, सुनार पार्टीमा आबद्ध हुनुअघि सामाजिक सञ्जालमा व्यक्त गरेका केही भनाइका कारण राष्ट्रिय जनावर गाईसम्बन्धी विषय विवादित बनेको थियो।

यस विषयमा सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु वा पक्षीको हत्या समर्थन नगर्ने र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको स्पष्ट गरिसकेको रास्वपाले जनाएको छ।

विज्ञप्तिमा पार्टीले सुनारलाई यस विषयमा सचेत गराइसकेको र भविष्यमा अभिव्यक्ति तथा व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन दिएको उल्लेख छ।

रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने कार्यको पक्षमा नरहेको स्पष्ट गर्दै पार्टीले धार्मिक तथा सांस्कृतिक संवेदनशीलताप्रति सदैव जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरेको छ।

खगेन्द्र सुनार प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर ३ बाट रास्वपाका उम्मेदवार हुन्।

raswapa (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार