नेपाल एपीएफ स्कुल कोहलपुरको वार्षिकोत्सवमा रेडियो नेपालका संवाददाता आलम खान सम्मानित

शुक्रबार, १६ माघ २०८२

बाँके : नेपाल एपीएफ स्कुल, कोहलपुरको छैटौँ वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’को अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विद्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानलाई सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नायव महानिरीक्षक कुवरले शिक्षा मानव उत्कृष्टताको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामार्फत अनुशासित, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा नौवस्ता जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बमले “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय अघि बढिरहेको बताए । 

विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावलले एपीएफ स्कुलले शैक्षिक गुणस्तर, अनुशासन तथा सह–पाठ्यक्रम गतिविधिमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको उल्लेख गरे । 

स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमार प्याकुरेलले हाल कक्षा १० सम्म पठनपाठन भइरहेको र विद्यालयमा ४२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । 

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार