काठमाडौं । नेपालमा आजबाट हिउँदयाम सुरु भएको छ। मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम भनिने गरिएकोछ।
यो समयमा अधिक चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो अवधिमा हिमपात, शीतलहर र हिउँदे वर्षा हुने सम्भावना रहन्छ।
नेपालमा देशमा यति बेला दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
आज राति कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदलीको पूर्वानुमान छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रतिक्रिया