सुनसरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनसरी जिल्लाका विभिन्न तहका नेताहरूले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेमा राप्रपा सुनसरी जिल्ला सदस्य तथा संगठन प्रमुख नविन थापा, राप्रपा निर्वाचन क्षेत्र नं. २(क) की अध्यक्ष एन्जिला चौलागाई, सोही क्षेत्रकी सचिव निरा भण्डारी रहेका छन्।
यसैगरी (क) जनसम्पर्क समिति संयोजक विकाश भण्डारी, इनरुवा–७ का अध्यक्ष रूपन चौधरी र उपाध्यक्ष डुमर लाल चौधरी, रामधुनी–७ का अध्यक्ष मन कर्ण राई तथा सदस्य फेकु लाल चौधरी पनि रास्वपामा प्रवेश गरेका छन्।
राप्रपाबाट कोशी प्रदेश सदस्य रहेका डम्बर कुँवर, इटहरी–१७ का अध्यक्ष भरत चौधरी र नागरिक बचाउ अभियान कोशी प्रदेश संयोजक सरोज कुमार सिंहले समेत रास्वपाको सदस्यता लिएका छन्।
नवप्रवेशी नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी उपयुक्त विकल्प भएको बताए।
प्रतिक्रिया