सिरहामा गोली हानी युवकको हत्या

शुक्रबार, १६ माघ २०८२
सांकेतिक फाईल

 सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा शुक्रबार अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो ।

सदरमुकामदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा यादवमाथि गोली प्रहार भएको थियो । गोली उनको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । 

उहाँले भन्नुभयो, “मृतक यादव खेती किसानीमा आबद्ध थिए । उनको हत्या कसले र किन ग¥यो भन्ने विषयमा अहिले नै खुल्न सकेको छैन ।”

अज्ञात समूहले गोली चलाएर फरार भएकाले सिरहाका सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रेमनाथको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।  

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार