बिर्तामोड : बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले संघअन्तर्गतको व्यवसायी सदस्य राहत कोषमा आर्थिक सहयोग प्रदान गरेका छन्।
उद्योगी–व्यवसायी सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा अध्यक्ष न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन्।
संघले उद्योगी–व्यवसायीलाई विभिन्न प्रकारका जोखिम, संकट तथा आपत–विपतको समयमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यसहित व्यवसायी सदस्य राहत कोष स्थापना गरेको जनाएको छ।
अध्यक्ष न्यौपानेले आफू संघको अध्यक्षमा निर्वाचित भएपछि व्यवसायीको हकहित संरक्षण गर्दै आपतकालीन अवस्थामा परेका सदस्यलाई तत्काल सहयोग पु¥याउन सकियोस् भन्ने लक्ष्यका साथ कोष स्थापना गरिएको जानकारी दिए। सोही अभियानलाई थप सुदृढ बनाउने उद्देश्यले व्यक्तिगत रूपमा योगदान गरेको उनले बताए।
व्यवसाय क्षेत्र स्वभावतः जोखिमपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष न्यौपानेले राहत कोषलाई निरन्तर सशक्त बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे। “व्यवसायीहरू समय–समयमा विभिन्न किसिमका संकटमा पर्न सक्छन्, त्यस्ता बेला राहत कोषले सदस्यलाई समयमै सहयोग पु¥याउने विश्वास लिएका छौँ,” उनले भने।
उनले आगामी दिनमा पनि कोषलाई थप मजबुत बनाउन सहयोग निरन्तर रहने उल्लेख गर्दै व्यवसायीको दुःख–सुखमा संघ सधैँ साथ रहने प्रतिबद्धता जनाए। साथै सदस्यको आवश्यकता र अवस्थाअनुसार राहत वितरण प्रक्रियालाई अझ व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिए।
प्रतिक्रिया