गलत भिडियो पोस्ट गरेको आरोपमा कानुनी कारबाहीको माग गर्दै रास्वपा सुनसरी

आइतबार, २५ माघ २०८२

सुनसरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीले सामाजिक सञ्जालमा गलत भिडियो सामग्री पोस्ट गरी भ्रम फैलाएको आरोप लगाउँदै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेको छ ।

रास्वपा सुनसरीका कार्यवाहक जिल्ला सभापति सागर दाहालद्वारा जारी विज्ञप्तिमा नेकपा (एमाले)सँग आबद्ध खेलकुद महासंघका केन्द्रीय सचिव तथा इनरुवा नगरपालिका–३ निवासी विप्लव घोषले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि रास्वपाका प्रत्यक्ष उम्मेदवार इन्जिनियर दीपक साहलाई लक्षित गरी भ्रामक भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा उक्त कार्यले मतदातामा भ्रम सिर्जना गर्नुका साथै निर्वाचन आचारसंहिताविपरीत रहेको उल्लेख गर्दै सम्बन्धित निकायमार्फत आवश्यक अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

यस विषयमा रास्वपा सुनसरीले निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नम्बर ४ सुनसरी, जिल्ला प्रशासन कार्यालय सुनसरी तथा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई समेत औपचारिक रूपमा पत्राचार गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार