हार निराशाजनक भए पनि टोलीले उत्कृष्ट खेलेको छ : रोहित पौडेल

आइतबार, २५ माघ २०८२
PHOTO : CAN

विराटनगर : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको साँघुरो हार निराशाजनक भए पनि टिमको समग्र प्रदर्शनप्रति आफू गौरवान्वित रहेको बताएका छन् ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत आइतबार भएको पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग चार रनको झिनो हार बेहोरेको थियो ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान रोहितले विश्व क्रिकेटको शक्तिशाली टिमविरुद्ध नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र लडाइँ प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार