निर्वाचनमा सक्रिय पत्रकार खोज्दै प्रदेश खबर, पारिश्रमिकसहित ‘टप अफ द मन्थ’ बनाइने

आइतबार, २५ माघ २०८२

इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नयन एडभरटाइजिंग मिडिया प्रा.लि.द्वारा सञ्चालित प्रदेशखबर डटकमले विशेष निर्वाचन–केन्द्रित समाचार अभियान सञ्चालनमा ल्याएको छ ।

कोशी प्रदेशमा निर्वाचनसम्बन्धी गतिविधिलाई आम नागरिकको पहुँचमा पु¥याउने तथा सत्य, तथ्य र सन्तुलित समाचारमा केन्द्रित रहने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

यस अभियानमा कोशी प्रदेशका जुनसुकै जिल्लामा कार्यरत पत्रकारले सहभागिता जनाउन सक्ने प्रदेशखबरका समाचार संयोजक कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार अभियान एक महिनासम्म सञ्चालन हुनेछ ।

सहभागी पत्रकारहरूले आफ्नो कार्यक्षेत्र, जिल्ला वा कोशी प्रदेश केन्द्रित निर्वाचनसम्बन्धी फिचर, अन्तरवार्ता, सूचनामूलक सामग्री तथा समाचार पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेशखबरले प्रकाशित प्रत्येक समाचारअनुसार निर्धारण गरिएको पारिश्रमिक प्रदान गर्ने जनाएको छ ।

साथै, निर्वाचन अवधिभर सबैभन्दा बढी खटिने, मेहनत गर्ने र समाचारलाई सशक्त, तथ्यपरक तथा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने एक जना सञ्चारकर्मीलाई ‘टप अफ द मन्थ’ घोषणा गरी थप नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको प्रदेश खबर तीन वर्षअघि कोशी प्रदेशलाई केन्द्रमा राख्दै सन्तुलित र विश्वसनीय समाचार प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आएको हो । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार