झापामा तीव्र गतिको स्कुटर बिजुलीको पोलमा ठोकिँदा युवकको मृत्यु

आइतबार, १८ माघ २०८२

झापा : झापाको बिर्तामोड नगरपालिका–७ खोपवारीस्थित भित्री सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

गएराति करिब साढे आठ बजेतिर प्र.१–०१–०१३ प. ९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक बिर्तामोड नगरपालिका निवासी शुभाष मादेन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएनसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको स्कुटर तीव्र गतिका कारण दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतक मादेनको शव हाल बीएनसी अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार