इटहरीका मेयर हेमकर्ण पौडेलको चेतावनी : ‘इतिहास दोहोरिन सक्छ, भीडतन्त्र कि लोकतन्त्र ?’

शनिबार, १७ माघ २०८२

सुनसरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इतिहासबाट पाठ नसिकिए लोकतन्त्र गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हिटलरको उदय र त्यसले जन्माएको तानाशाही शासनलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन्।

मेयर पौडेलले लेखेका छन्, “इतिहास किताबमा मात्र होइन, हाम्रो आँखै अगाडि पनि दोहोरिन्छ।

WhatsApp Image 2026-01-31 at 19.43.12हिटलर जनताको निराशा र संकटकै बीच उदाएको थियो—मिठा भाषण, अरूलाई दोष थोपर्ने प्रवृत्ति र ‘समाधान म मात्र हुँ’ भन्ने भ्रमसहित।” ताली र भीडको समर्थनकै कारण अन्ततः लोकतन्त्र समाप्त भएको र लाखौँ निर्दोष नागरिकको हत्या भएको उनले स्मरण गराएका छन्।

वर्तमान राजनीतिक सन्दर्भतर्फ संकेत गर्दै उनले केही नयाँ दलहरू पनि पुरानै शैलीको ‘सजिएको संस्करण’ जस्तो देखिन थालेको टिप्पणी गरेका छन्। “नारा नयाँ छन्, अनुहार ताजा छन्, तर झुटको खेती उही पुरानो शैलीमै भइरहेको छ,” उनले लेखेका छन्। उनका अनुसार वाचा धेरै गर्ने तर जिम्मेवारी सधैं भोलिका लागि सार्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक संकेत हो।

“जब झुटलाई ‘परिवर्तन’को नाम दिइन्छ, त्यही दिन सत्यलाई सबैभन्दा गहिरो चोट पुग्छ,” मेयर पौडेलको भनाइ छ। अन्त्यमा उनले नागरिकलाई सचेत बन्न आग्रह गर्दै प्रश्न गरेका छन्—“हामी सचेत नागरिक हौँ कि भीडतन्त्र र लोकतन्त्रको दोबाटोमा उभिएका मौन दर्शक ?”

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार