इटहरी । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मोरङको रंगेली नगरपालिका, इलाका प्रशासन कार्यालय रंगेली र अन्य सरकारी कार्यालयमा आगजनी , तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका २ का प्रतिक तामांग, वडा नम्बर ३ का भुपाल भण्डारी, रुपक गौतम, वडा नम्बर ७ का आनन्द साह, वडा नम्बर ४ का रमेशकुमार मण्डल, वडा नम्बर ६ का रुपेश यादव रहेकाछन्।
पक्राउ परेका आनन्द साह औषधि ब्यवसायी हुन्। त्यसैगरि, पक्राउ पर्नेमा जहँदा गाँउपालिका १ का गणपत यादव, र कटहरी गाँउपालिकाका समिर क्षेत्रसमेत रहेको मोरंग प्रहरीले जनाएको छ। पक्राउ परेका आठजना विरुद्ध नै मोरंग प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
गत भदौ २४ गते आन्दोलनका क्रममा आगजनि गरेकाहरुविरुद्ध प्रहरीले पक्राउ गर्ने क्रम अघि बढाउँदै लगेको छ। उनीहरुलाई जिल्ला अदालत मोरंगबाट अपराधिक उपद्रो मुद्धामा पक्राउ पूर्जी जारी भएअनुसार सोमबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया