सङ्खुवासभा: सङ्खुवासभामा घाँसको विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिँदा एक जनाको ज्यान गएको छ।
आज दिउँसो करिब ३ बजे चैनपुर नगरपालिका–१० इखम्बुमा ५९ वर्षीय शिवकुमार राई र ४७ वर्षीय लिलाप्रसाद राईबीच घाँसको विषयमा विवाद भएको थियो।
विवाद चर्किँदै जाँदा शिवकुमार राईले खुकुरी प्रहार गरेपछि लिलाप्रसाद राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको टोलीले अभियुक्त शिवकुमार राईलाई घटनास्थलबाट खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी निरीक्षक तथा सूचना अधिकारी मेघराज अर्यालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया