उदयपुरका युवाको भक्तपुरमा हत्या

विहीबार, १० पुस २०८२

उदयपुर : भक्तपुरमा दुई दिनअघि मृत फेला परेका युवक उदयपुरको ताप्ली गाउँपालिकाका रहेको पुष्टि भएको छ।

मंगलबार राति भक्तपुर नगरपालिका–३ स्थित निर्माणाधीन भवनको भुईतलामा हत्या गरिएको अवस्थामा ३४ वर्षीय पूर्ण ठकुरीको शव फेला परेको थियो ।

उनी उदयपुर ताप्ली गाउँपालिका–३ इनामे दगलेका स्थायी बासिन्दा रहेको खुलेको छ।

स्थानीय प्रहरीले सुरुमा ठेगाना पत्ता नलगाएपनि अनुसन्धान सुरु गरेको थियो। फोटो सार्वजनिक गरेपछि बिहीबार बिहान मृतकका आफन्त प्रहरी कार्यालयमा आइपुगेर सनाखत गरेका हुन्।

यता प्रहरीले भने हत्याका बारेमा थप अनुसन्धान अघि बढाइसकेको बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार