सिन्धुलीमा आगो लगाएर बुहारीको हत्या, तनावका बीच कर्फ्यु आदेश जारी

विहीबार, १० पुस २०८२

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीको कमलामाई नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । 

६ पुसमा कमलामाई नगरपालिका-४ धुरामा भएको घटनालाई दिएर आज उक्त क्षेत्रमा स्थानीयले ढुंगामुढा र हुलदंगा गरेपछि शान्ति सुव्यवस्था कायम गर्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले आज राति ८:३० बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । ६ पुसमा धुरामा आफ्नै सासुले बुहारीलाई पेट्रोल छर्की कोठामा थुनेर जलाएर हत्या गरेकी थिइन ।

image-319

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार