पाल्पा : पाल्पाको माथागढी गाउँपालिका-४ देउगिरमा सोमबार राति ७६ वर्षीया फूलमाया जिसीको कुटपिटबाट हत्या भएको छ। प्रहरीका अनुसार, घटनास्थलमै उनको मृत्यु भएको हो।
कुटपिटबाट उनका ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी घाइते भएका छन् र अहिले लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
घटनामा संलग्न भएको आशङ्कामा ३७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया