कांग्रेसको नेतृत्वमा मधेश सरकारको दाबी पेस, कृष्ण प्रसाद यादव मुख्यमन्त्री बन्दै

बुधबार, २२ असोज २०८२

जनकपुर : मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ ।

सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईसकेको छ ।

Photo

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार