त्रिभुवन विमानस्थलमा सरसफाइ कर्मचारी पक्राउ, डस्टबिनबाट संकलित सुन बरामद

बुधबार, २१ माघ २०८२

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना सरसफाइ कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। डस्टबिनबाट सुन संकलन गर्दै बाहिर लैजाँदै गर्दा सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका हुन्।

विमानस्थल परिसरबाट फोहोर बाहिर फाल्न लैजाँदै गरेको अवस्थामा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले जाँच गर्दा राउतको साथबाट ४।४ ग्राम सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले विमानस्थलका डस्टबिनहरूबाट सुनका टुक्रा संकलन गरी बाहिर पास गर्ने गरेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार