काँकडभिट्टा आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

शुक्रबार, १९ मंसिर २०८२

झापा :  सप्तरीको कञ्चनरुप नगरपालिकामा यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

गएराति कञ्चनरुप–२ बरमझिया नजिकै पूर्व–पश्चिम लोकमार्गमा जनकपुरबाट काँकडभिट्टातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३ ख ४४०२ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीका अनुसार जानकारी दिइएको छ ।

दुर्घटनामा बसमा रहेका अन्दाजी ५० वर्षीय पुरुष (नाम–थर खुल्न बाँकी) को राति ११ः४५ बजे धर्मेश्वर अस्पताल, ठेलिया, सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बसमा ५५ जना यात्रु सवार रहेका मध्ये १२ जना घाइते भएका छन्। ट्रक चालक दुर्घटनापछि फरार रहेका कारण खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा परी  भारत, मधुवनी सुजातपुर–११ बस्ने ३२ वर्षीय मोहम्मद सहिद , भारत बस्ने १२ वर्षीय अलताफ ईनताफ भारत, रागोरपुर बख्री–४ का २२ वर्षीय अनिसकुमार शर्मा , भारत, सितामढी भिठामोड–४ का २४ वर्षीय सुभान्सुकुमार झा,  भारत, सिरखण्डी भिठा–६ की ७३ वर्षीया शान्तीदेवी  घइते भएका छन् । 

त्यस्तै महोत्तरी, जलेश्वर–४ का ५४ वर्षीय जेरुद्र झा , सुनसरी, हरिनगरा–४ का ३१ वर्षीय शंकरकुमार मेहता ,  धनुषा, लक्ष्मनिया–६ का २३ वर्षीय सोनु राम ,  झापा, बुद्धशान्ति–१ की टिकादेवी दुलाल , सर्लाही, पर्सा–६ का ४० वर्षीय मनोजकुमार साह र  मोरङ, सुन्दर हरैचा–४ की २७ वर्षीया कृतिका कोईराला घइते भएका छन् । उनीहरुको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार