काठमाडौं । अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चल्ने भएको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो ।
अहिले नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै एक सय रुपैयाँभन्दा ठूला दरका भारु चलाउन पनि पाइने भएको हो । अहिले भारतमा एक सयभन्दा ठूला २ सय, ५ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर तीन वर्ष अघिदेखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ ।
प्रतिक्रिया