मोरङमा धारिलो हतियार प्रहार गरेर भाइको हत्या गरेका दाजु फरार

विहीबार, १८ मंसिर २०८२

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा सामान्य घरायसी विवादपछि दाजुले भाइको हत्या गरी फरार भएका छन्। २८ वर्षीय श्रवणकुमार साहमाथि उनका दाजु राजकुमार साहले बुधबार राति धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते श्रवणलाई तत्काल विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।

घटनास्थल भारतीय सीमाबाट करिब १ सय मिटर टाढा रहेको र भाइको हत्या गरेपछि दाजु भारततर्फ भागेको प्रहरीले जनाएको छ। मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा भएको खुलेको छ।

प्रहरीले फरार दाजुको खोजी तीव्र पारेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार