काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे छलफल गर्न राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएकी छिन्। छलफल भोलि हुने जनाइएको छ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई डाकिएको छ।
प्रधानमन्त्री कार्कीले लगातार निर्वाचनको तयारीको सम्बन्धमा दलका नेताहरु, जेनजी अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहेकी छन् ।
आयोगपनि त्यहीअनुसारको सक्रियता देखाएको छ। २१ फागुनको निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भइसकेको छ।
शुक्रबार बस्ने सर्वपक्षीय बैठकमा सरकारले, दलहरूले, निर्वाचन आयोगले र सुरक्षा निकायले आगामी निर्वाचनका लागि आवश्यक तयारी तथा चुनौतीबारे संयुक्त रूपमा समीक्षा गर्नेछन्।
प्रतिक्रिया