वीरता जेसीजमा झण्डोत्तोलन गरेर कार्यकाल शुभारम्भ

बुधबार, २१ माघ २०८२

झापा । वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ ।

बुधबार झण्डोत्तोलनका साथ सन् २०२६ को नेतृत्वले कार्य प्रारम्भ गरेको अध्यक्ष लोकचन्द्र श्रेष्ठले घोषणा गरे । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेका थिए ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय तालिम आयुुक्तसमेत रहेका प्रमुख अतिथि गिरीले राष्ट्रिय झण्डा सबै नेपालीको गौरव र जेसीजको झण्डा जेसीज युवाको शान भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष समेत रहेका गिरीले औपचारिकतामा सीमित हुने कार्यक्रमभन्दा समाजमा सकारात्मक प्रभाव पार्नसक्ने रचनात्मक काम गर्न सुझाव दिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु राजिव धिमाल, घनश्याम चौधरी, विकास बस्नेत, निवर्तमान अध्यक्ष युवराज कुँवरले शुभकामना व्यक्त गरेका थिए । धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष पुकार बरालले गरेका गिए । कार्यक्रम संयोजक बोर्डका उपाध्यक्ष विश्वजित हलवाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुभाष तिखत्रीले गरेका थिए ।

जेसीज सचिवालयसँगै शिव पाञ्चायन मन्दिर रहेको छतमा पहिलो पटक सन् २०१८ मा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा फहराइएको थियो । त्यसयताका हरेक कार्यसमितिले झण्डोत्तोलनका साथ आफ्नो कार्यकालको सुरुवात गर्दै आएका छन् । झण्डोत्तोलन अघि संयुक्त वैठक, वर्ष २०२६को पहिलो बोर्ड वैठक र बुझबुझरत सम्पन्न भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार