झापा : झापाबाट हवाई मार्ग हुँदै काठमाडांै जान लागेकी एक महिलालाई प्रहरीले ब्राउन सुगर सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यत्ती एयरको प्लाईट नम्बर ९२६ बाट काठमाडौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ घर भएकी २६ वर्षीया रोशनी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुई वर्ष देखि भारतको कलकत्तामा रहेको स्वंव जापनिज रेष्टुरेण्डमा काम गर्दै आएकी बुढा सोमबार साँझ यत्ती एयरको विमानबाट काठमाडौं जाने लागेको समयमा विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनले लगाएको सुरुवालको गोजीबाट १४४ग्राम ४०० मिलीग्राम ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी बुढाबाट काठमाडौंमा समेत अन्य मानिसहरुले कारोवार गर्ने गरेको खुलेपछि लागु औषध नियन्त्रण व्युरो काठमाडौंले सिन्धुपाल्चोक घर भएका ३० वर्षीय सन्तोष बञ्जरा र रामेछापका २१ वर्षीय थोर्मस तामागंलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी वढाएको जनाइएको छ ।
प्रकाउ परेका बञ्जरा र तामाङलाई काठमाडांैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिएका हुन । झापामा प्रकाउ परेकी बुढालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर प्रारम्भिक बयान लिने क्रममा अन्य कारोवारी काठमाडौंमा रहेको खुलेको थियो । दुई जना काठमाडौंबाट पक्राउ परेको समेत प्रहरीले जनाएको छ ।
प्रतिक्रिया