झापा : मेचीनगर–८ धुलाबारीस्थित होटल मेची क्राउनमा बस्दै आएका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ ।
भारत पश्चिम बंगाल राज्यको उत्तर दिनाजपुर जिल्लाका ५६ वर्षीय माफिजुद्धिन सरकार मङ्गलवार बिहान होटेलमै अचानक अस्वस्थ भएका थिए । उनी श्रीमती ४६ वर्षीया डिलोरा बीबीसँग होटेलमा बसिरहेका थिए ।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि श्रीमतीले बिहान करिब ११ बजे उनलाई धुलाबारीस्थित शिखर अस्पताल पुर्याएकी थिइन्। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया