झापामा दुई मतदानस्थल सारिए , डेढ सय बढी केन्द्र थपिँदै

बुधबार, १७ मंसिर २०८२
जिल्ला निर्वाचन कार्यालय झापा

मङ्सिर: प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी झापामा दुई मतदान स्थल सारिने भएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले सार्न लागिएका  मतदानस्थल रहेको स्वास्थ्य केन्द्र नगर अस्पतालमा परिणत भएकाले दुई मतदान स्थल सार्न लागिएको जानकारी दिए । नगर अस्पतालमा बिरामीको चाप बढेका कारण अर्को स्थानमा मतदान स्थल सारिएको समेत नेपालले बताए । 

मेचीनगर नगरपालिका वडा नम्बर १० मा रहेको धुलाबारी स्वाथ्य कार्यालय र विर्तामोड नगरपालिका वडा नम्बर ३ मा रहेको विर्तामोड स्वास्थ्य केन्द्र मतदान स्थल सारिने जनाइएको छ ।  हाल दुवै स्वास्थ्य कार्यालय नगर अस्पतालमा स्तरोन्नति भएका छन् । धुलाबारी स्वास्थ्य केन्द्रको मतदानस्थललाई सोही वडाको वडा कार्यालय र विर्तामोड स्वास्थ्य केन्द्रको मतदानस्थललाई नजिकै रहेको डोमालाल राजवंशी रङशालामा सारिएको समेत निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । 

जिल्लामा विगतमै ७ सय ६६ मतदानस्थल नै कायम रहने भएको छ । जिल्लामा थपिएका नयाँ मतदाताको आधारमा मतदान केन्द्र थपिने समेत जानकारी गराइएको छ । एउटा मतदान केन्द्रमा एक हजार जना मतदाता हुनेछन् । आगामी प्रतिनिधिसभाको निर्वाचनमा ८ सय बढी मतदान केन्द्र थपिने अनुमान गरिएको छ ।  नयाँ थपिएका मतदाता सहितको झापामा हाल सम्म सात लाख १४ हजार ५ सय ९५ मतदाता पुगेका छन ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार