काठमाडौं ः नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ नइ एकेडेमीले प्रदान गर्ने भएको छ । नई एकेडेमीले प्रदान गर्ने पुरस्कारका राशि जनही २५÷२५ हजार रहे जनाइएको हो ।
मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ ।
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा कृष्णराज घतानी रहेका छन्।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
प्रतिक्रिया