धरानबाट ८ केजी गाँजासहित मानिस पक्राउ

बुधबार, १७ मंसिर २०८२

धरान । लागू औषध गाँजासहित सुनसरीको धरानबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धरान उपमहानगरपालिका वडा नम्बर १३ आँपगाछीमा लागू औषध गाँजा ओसार पसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली धनकुटा जिल्लाको सहिदभुमी गाउँपालिका वडा नम्बर ७ का रोहन राईलाई ८ केजी ४ सय  ९५ ग्राम लागू औषध गाँजासहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेको समयमा धनकुटा तर्फबाट धरान आउँदै गरेको यात्रु वाहक ना १ ज ५६२९ नम्बरको सवारी साधनका यात्रु राईलाई शङ्कास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको समेत प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा पूर्वी नेपालमा गाँजा पक्राउ पर्ने क्रम बढी रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार