झापाका स्थानीय समस्याबारे जनप्रतिनिधिसँग बालेनको छलफल

मंगलबार, २० माघ २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्।

उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन्।

यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गरी स्थानीय विकास, जनतालाई सशक्त बनाउने र समस्याहरूको समाधानका उपायहरूबारे छलफल गरेका छन्।

कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले आफ्नो क्षेत्रमा रहेका चुनौती, समस्या तथा सम्भावित सुधारका सुझावहरू व्यक्त गरेका छन् । रास्वपाका नेताहरूले त्यस्ता सुझावलाई पार्टीको नीति निर्माण र स्थानीय विकास कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार