धरानबाट लागूऔषध सहित मानिसहरु नियन्त्रणमा

बुधबार, १७ मंसिर २०८२

धरान । सुनसरीको धरानको नौलोबस्तीमा लागू औषध कारोवार भई रहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले विभिन्न लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १६ को नौलोबस्तीबाट प्रहरीले विभिन्न लागू औषधका ट्याब्लेटसहित सोही वडा का दिल कुमार राई र वडा नम्बर १३ का सागर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको हो । 

लागू औषधको कारोवार भईरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थार्य प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले राईको साथबाट ट्रामाडोल ६१ ट्याब्लेट र स्पासपेन ६१  ट्याब्लेट त्यसै गरी भुजेलको साथबाट ट्रामाडोल ७७  ट्याब्लेट र  स्पासपेन पनि ७७ ट्याब्लेट फेला पारेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान समेत सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार