काठमाडौं र झापाका सुकुम्वासी बस्तीको प्रकृति फरक :  बालेन

मंगलबार, २० माघ २०८२

झापा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले काठमाडौं र झापाका सुकुम्वासी बस्तीको प्रकृति फरक–फरक रहेको दाबी  गरेका छन् । 

झापा–५ स्थित सुकुम्वासी बस्तीमा मङ्गलवार आयोजित छलफलका क्रममा स्थानीयले जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) नपाएको गुनासो राखेपछि नेता शाहले सुकुम्वासी समस्या मानवीय र कानुनी दुवै दृष्टिकोणबाट समाधान गर्नुपर्ने बताएका हुन् । उनले  काठमाडौँका खोला किनारमा रहेका जोखिमपूर्ण बस्ती र झापाका पुराना तथा पुस्तौँदेखि बसोबास हुँदै आएका बस्तीलाई एउटै मापदण्डमा राख्न नहुने उल्लेख गरेका छन् । 

वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेता शाहले सुकुम्वासीको नाममा राजनीति गर्ने प्रवृत्तिको आलोचना गरे ।  पहुँचका आधारमा सीमित व्यक्तिले मात्र पूर्जा पाउने अभ्यास अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

कसैलाई पनि विस्थापन गर्नु अघि राज्यले वैकल्पिक व्यवस्था, सुरक्षित बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै उनले जबरजस्ती हटाउनेभन्दा पनि व्यवस्थित पुनः स्थापनालाई प्राथमिकता दिनुपर्ने धारणा राखे । 

आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाइ वास्तविक पीडितले मात्र जग्गाधनी पूर्जा पाउने व्यवस्था मिलाइने आश्वासन समेत नेता शाहले स्थानीयलाई दिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार