ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका स्थानीयले शुक्रबार बिहान खाम्बुङ जंगलमा मानव टाउकोको हड्डी फेला पारेका छन्।
बिहान करिब ७ बजे ट्याक्टरमा गोलिया लोड गर्ने क्रममा मानव टाउकोको कंकालजस्तो देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त लगत्तै प्रादेशिक प्रहरी चौकी तोप्केगोलाबाट प्रहरी सहायक हवल्दार मनोज कुमार गणेशको कमाण्डमा दुई जनाको टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले घटनास्थल पुगेर भेटिएको हड्डी सुरक्षित राखेको छ।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दोभानबाट समेत अतिरिक्त प्रहरी टोली खटाइएको ताप्लेजुङ प्रहरी स्रोतले जनाएको छ।
मानव कंकाल कसको हो र कसरी जंगलमा पुगेको हो भन्नेबारे अनुसन्धान जारी छ।
प्रतिक्रिया