पशुपतिनगर भन्सार : अस्थायी पैठारी मात्र

विहीबार, १८ मंसिर २०८२

इलाम : पूर्वी नाका पशुपतिनगरमा भारततर्फ भन्सार कार्यालय नहुँदा निकासी पैठारी प्राय ठप्प अवस्थामा रहेको छ । कार्यालयले अस्थायी पैठारी र सवारी बापत वार्षिक तीन करोड हाराहारीमा राजश्व असुली गरिरहेको छ । 

पशुपतिनगर भन्सार कार्यालयले भारतीय नम्बर प्लेटका सवारी शुल्क र अन्य अस्थायी पैठारीबाट राजश्व उठाएर लक्ष पुरा गर्ने गरेको छ । चालु आर्थिक वर्षको चार महिनामा जम्मा ६२  लाख ४२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी राम लामिछानेले जानकारी दिए । 

नाका सहज नहुँदा अवैध व्यापार मौलाउने र नियन्त्रणमा समेत समस्या हुने गरेको छ । खास गरी इलाम लगायत पूर्वी पहाडी जिल्लामा उत्पादित कृषि जन्य बस्तु काकरभिट्टा या अन्य नाका भएर निकासी गर्नुपर्ने बाध्यता रहेको पशुपतिनगर भन्सार कार्यालय इलामका पूर्व कार्यालय प्रमुख प्रवीण सुब्बाको भनाई छ । 

पशुपतिनगर भन्सार कार्यालयमा कर्मचारी कामविहीन हुँदा मानेभञ्ज्याङ, च्याङथापु, छिरुवा, हिले तुम्लीङ लगायतका स्थानका छोटी भन्सार पनि कर्मचारी विहीन बनेका छन् । भारत तर्फ भन्सार कार्यालय नहुँदा विगतमा चलेका पहाडी क्षेत्रका भन्सार कार्यालय कामविहीन बनेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार