विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान खड्काको मृत्यु

विहीबार, १८ मंसिर २०८२
तस्बिर : फाइल

विराटनगर। विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय प्रहरी जवान भीम खड्काको मृत्यु भएको छ।

आज (बिहीबार) राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।

विराटनगरबाट कञ्चनवारीतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा मोरङको बेलबारी नगरपालिका–८ घर भएका खड्का गम्भीर घाइते भएका थिए। उनी कोशी प्रदेश प्रहरी कार्यालय, रानी विराटनगरमा कार्यरत प्रहरी जवानसमेत हुन् ।

दुर्घटनाको खबर पाएलगत्तै CRV बरगाछिबाट प्रहरी निरीक्षक पाल्टेन दोर्जे लामाको टोली घटनास्थलमा पुगेको थियो। घाइते खड्कालाई तत्कालै बिराट नर्सिङ होम, विराटनगरमा लगेपनि बिहान ४:०० बजे उपचारका क्रममा खड्काको मृत्यु भएको अस्पतालले जनाएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ। दुर्घटनाबारे थप छानबिन जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार