इटहरी । दमक नगरपालिका–५ क्याम्पस मोडमा हिँड्दै गरेका एक पुरुष लडेर मृत्यु भएको छ।
बुधबार दिउँसो ४:१५ बजे अर्जुनधारा नगरपालिका–४ का ६२ वर्षीय युवराज पौडेल सडकमा हिँडिरहेका बेला अचानक लडेर बेहोस अवस्थामा फेला परेका थिए। स्थानीयले तत्काल उद्धार गरी उनलाई दमकस्थित निम्स अस्पताल पुर्याएका थिए।
तर, अस्पतालमा उपचार भइरहेको अवस्थामा ४:२५ बजे चिकित्सकले पौडेललाई मृत घोषणा गरे। उनको शव अहिले सोही अस्पतालको शव गृहमा राखिएको छ।
घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकका प्रनि विपिन विश्वकर्माको कमान्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया