ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ

बुधबार, १७ मंसिर २०८२

दाङ । ठूलो परिमाणमा नक्कली नेपाली रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

मंगलबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सीमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई नक्कली रूपैयाँसहित नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्दा नोट बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट फेला परेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार