झापामा २९ वर्षीय युवकमाथि खुकुरी प्रहार, एक पक्राउ

बुधबार, १७ मंसिर २०८२

इटहरी । झापाको दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी  शिविरमा मङ्सिर १६ गते साँझ खुकुरी प्रहार हुँदा एक व्यक्ति घाइते भएका छन्। हिजो (मंगलबार) राति करिब ९ बजे बेलडाँगी शिविर सेक्टर A3 हट नं. २०० बस्ने २९ वर्षीय प्रदीप विश्वकर्मामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोही शिविरका सेक्टर D2 हट नं. १६६ बस्ने ४८ वर्षीय मंगलसिंह राईले सामान्य वादविवादका क्रममा एक्कासी खुकुरी प्रहार गरेका थिए। प्रहारबाट प्रदीपको घाँटीको बायाँ भागमा चोट लागेको जनाइएको छ।

घाइतेलाई तत्काल उद्धार गरी दमक अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ। अस्पतालले उनको अवस्था बोल्न सक्ने मध्यम रहेको जानकारी दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मंगलसिंह राईलाई घटनामा प्रयोग गरिएको खुकुरीसहित नियन्त्रणमा लिएर कार्यालयमा राखेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार