नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

बुधबार, १७ मंसिर २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ गरेसँगै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको स्रोतले जनाएको छ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दाको अभियोगपत्र दायरको तयारी गरेको छ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ ।  उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार