काठमाडौं : जल तथा मौसम विज्ञान विभागले बाढीको जोखिम भएको स्थानका सर्वसाधारणलाई सचेत गर्न ५० लाख पूर्वसूचना एसएमएस पठाएको छ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, “एसएमएस पठाएपछि बाढी जोखिम क्षेत्रका मानिसहरू सुरक्षित स्थानमा गएर बसेका छन्।” सन्देश नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा प्रवाह गरिएको थियो।
उनले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन पूर्वतयारी र पर्याप्त लगानीको आवश्यकता रहेको पनि उल्लेख गरे ।
प्रतिक्रिया