काठमाडौँ :मलेसियामा जारी पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको छ।
क्वालालम्पुरमा आज सम्पन्न खेलमा मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रुबी पोद्धारले सर्वाधिक ३१ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन्। सम्झना खड्काले १८ रन जोडिन्। बलिङतर्फ कविता जोशी र कविता कुँवरले समान दुई–दुई विकेट लिएका थिए।
यसअघि शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो।
यो जितसँगै मलेसियाले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ। अब बाँकी दुई खेल नेपालका लागि निर्णायक बन्ने छन्।
प्रतिक्रिया