इटहरीमा ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई राहत वितरण

आइतबार, १२ असोज २०८२
File Photo

इटहरी : गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका अभिषेक श्रेष्ठ (२३) र मोहन सरदारका परिवारलाई आज राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ।

इटहरी उपमहानगरपालिका कार्यालयअगाडि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मृतकका परिवारलाई राहतस्वरूप रु १० लाख र क्षतिपूर्तिबापत रु ५ लाख गरी जम्मा रु १५ लाख वितरण गरिएको जानकारी दिए। उक्त रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो।

साथै, कोशी प्रदेश सरकारले किरिया खर्चबापत थप रु १ लाख जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार