कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको  मृत्यु

विहीबार, ११ मंसिर २०८२
सांकेतिक तस्बिर

​​​​​​​काठमाडौँ- काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो।

गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार