मोरङको नहरमा इटहरीका पुरुषको शव भेटियो

सोमबार, १२ माघ २०८२

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका–७ खदरास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा सोमबार पुरुषको शव फेला परेको छ । 

शव बिहान १०ः५० बजे नहरको पानीमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । प्रहरीले मृतक सुनसरीको इटहरी उपमहानगरपालिका–११ खनारका ६० वर्षीय महेन्द्रप्रसाद नेपाल रहेको पुष्टि गरेको छ । 

प्रहरीका अनुसार नेपाल केही दिनदेखि सम्पर्कविहीन थिए र घटनाअघि साथीहरुसँग खाजा खाएर छुटेको पाइएको छ । प्रहरीले उनको मृत्यु नहरले बगाएर भएको हुन सक्ने अनुमान गरेको छ । 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा गएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार