प्रधानमन्त्रीको सचिवालय संरचना कटौती, १४ जनाको पद खारेज

बुधबार, १० मंसिर २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयमा व्यापक कटौती गर्दै १४ जनाको जागिर खारेज गरेकी छन्। सचिवालयका कर्मचारी तथा विज्ञ समूह घटाउने निर्णय उनले जेनजी युवाहरूको मागअनुसार गरिएको बताइएको छ।

यसअघि प्रधानमन्त्री सचिवालयमा २० जना कर्मचारी तथा विज्ञ रहेका थिए। नयाँ संरचना अनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ गरी जम्मा ६ जना मात्र सचिवालयमा रहनेछन्।

प्रधानमन्त्री कार्यालयका अनुसार खर्च नियन्त्रण, कार्यक्षमता वृद्धि र युवा पुस्ताले उठाएका ‘सानो र प्रभावकारी सचिवालय’ सम्बन्धी माग सम्बोधन गर्न यो निर्णय लागू गरिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार