काठमाडौँ : पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सारिएको छ। मंसिर ११ गतेका लागि तय गरिएको बैठक पनि पुनः स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार अब पार्टीको अर्को बैठक पर्सि दिउँसो २ बजेका लागि पुनः निर्धारण गरिएको छ। बैठक स्थगित हुने कारणबारे भने कार्यालयले औपचारिक रूपमा केही खुलाएको छैन।
प्रतिक्रिया