क्यान्सर पीडित पत्रकारलाई घुमन्ते टिमको आर्थिक सहयोग

सोमबार, १२ माघ २०८२

पाँचथर  : टिकटक प्रयोग कर्ताहरुको समूह (घुमन्ते टिम ) ले क्यान्सर पीडित पत्रकार कबिन्द्र सेर्मा (कालिबहादुर) लाई आर्थिक सहयोग प्रदान गरेको छ । 

देश विदेशमा संकलन गरिएको ३ लाख ६९ हजार ३ सय चालिस रुपैंया क्यान्सर पिडित पत्रकार सेर्मालाई सहयोग प्रदान गरिएको हो । 

सोमबार पाँचथर सदरमुकाम फिदिममा एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको छ । घुमन्ते टिमका अध्यक्ष दिनेश लिम्बू सहितले  पत्रकार सेर्मालाई संकलित रकम हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै टिम घुमन्तेका अध्यक्ष लिम्बूले टिकटकरहरुको सञ्जालबाट देश विदेशमा रहेका नेपालीलाई आह्वान गरी जुटाइएको रकम सहयोग गरिएको जनाए । लिम्बुले नेपाल,भारत,भुटान हुँदै अष्ट्रेलिया सम्मबाट सहयोग प्राप्त भएको समेत बताए ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे सहित जिल्लाका पत्रकारहरुको उपििस्थतमा संकलित रकम हस्तान्तरण गरियो । सहयोग रकम बुझ्दै पत्रकार सेर्माले आफुलाई उपचार खर्च उपलब्ध गराउने सबैलाई धन्याबाद ज्ञापन गरे ।
घाँटीमा भएको क्यान्सर ब्याक बोनमा सरेपछि पत्रकार सेर्माको उपचार खर्चका लागि सार्वजनिक रुमा आह्वान गरिएको छ । पहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका सेर्माको हाल भारतको नया दिल्लीमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार