काठमाडौं: डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो नाम प्रयोग गरी फैलाइँदै आएका नगद पुरस्कारसम्बन्धी भ्रामक प्रचारप्रति सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
इसेवाका अनुसार हाल कम्पनीले १७ औं वार्षिकोत्सव विशेष कुनै पनि प्रकारको नगद पुरस्कार अभियान सञ्चालन नगरेको स्पष्ट पारेको छ। केही व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी नगद पुरस्कार अफरको झुटो प्रचार गर्दै ठगी गर्ने प्रयास गरिरहेको भन्दै कम्पनीले सावधानी अपनाउन आग्रह गरेको हो।
कम्पनीले अनाधिकृत माध्यमबाट प्राप्त हुने लिंक, सन्देश वा अफरप्रति विश्वास नगर्न र आफ्नो व्यक्तिगत विवरण, पासवर्ड, ओटीपीलगायत संवेदनशील जानकारी कसैसँग पनि सेयर नगर्न अनुरोध गरेको छ।
इसेवाले आफ्ना सबै प्रकारका आधिकारिक अफर तथा अभियानहरू भक्भधब एप र कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत मात्र सार्वजनिक गरिने जनाएको छ।
प्रतिक्रिया