काँग्रेस नेता बजगाईले गरे पार्टी परित्याग

आइतबार, ११ माघ २०८२

काठमाडौं : गोरखाका नेपाली काँग्रेस नेता तथा विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले पार्टी परित्याग गर्ने जनाएका छन्। 

 

बजगाईले सामाजिक सञ्जालमा पार्टी परित्याग गर्ने सोच बनाएको उल्लेख गरेका हुन्। २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित बजगाई यस पटक पनि चुनावी प्रतिस्पर्धाका दावेदार समेत रहेका थिए । तर पार्टीले टिकट नदिएकाले उम्मेदवार नबनेका बजगाईले सामाजिक सञ्जालबाट पार्टी परित्याग गर्ने जनाएका हुन। 

 

सामाजिक सञ्जालमा बजगाईले  ‘केही निकृष्ट पात्र’का कारण कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन ‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार